PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बाग्लुङ्-काठमाडौं वाइफाईयुक्त युरो बस सञ्चालन



बुर्तिवाङ यातायात व्यवसायी समितिले बागलुङदेखि काठमाडौँसम्म वाइफाइ सुविधासहितको युरो बस सञ्चालन गरेको छ।     यात्रुको सेवा, सुविधा र सहज यात्राका लागि युरो(एसी) बस सञ्चालन गरेको समितिले जनाएको छ। 

जिल्लाको बुर्तिवाङलगायत दुर्गम क्षेत्रबाट सेवा दिँदै आएको समितिले बसमा वाइफाइ सुविधासँगै ४२ इन्चको टेलिभिजन सेट, एयरकुलर, ड्राइफुड, मिनरल वाटरसहितको सुविधा उपलब्ध भएको बुर्तिवाङ यातायात व्यवसायी समितिका महासचिव नरहरि भुसालले बताए। 'तत्कालका लागि बागलुङ सदरमुकामबाट साँझ र बिहान दुईवटा बसबाट सेवा दिने छौँ,' भुसालले भने,  'यात्रुको चाहनाअनुसार भदौ मसान्तभित्रै थप दुई बससमेत सञ्चालन गर्ने योजना बनाएका छौं।' 

युरो बसमा बागलुङदेखि काठमाडौंसम्म यात्राको लागि ७ सय ५० रुपियाँ भाडा तोकिएको छ। यसअघि एसी सुविधायुक्त दुई बसबाट सेवा दिँदै आएको धौलागिरि बस व्यवसायी समितिले भने बुर्तिवाङ यातायात व्यवसायी समितिले बसपार्कमानै टिकट काउन्टर राख्नुपर्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell