PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​श्रीलंकालाई ८-० गोल अन्तरले हराउँदै नेपाल एएफसी यु-१४ सेमिफाइनलमा



​श्रीलंकालाई ८-० गोल अन्तरले हराउँदै नेपाल एएफसी यु-१४ सेमिफाइनलमा
फोटो सौजन्य : गोलनेपाल डट कम

काठमाडौं : श्रीलंका यु-१४ महिलालाई ८-० गोल अन्तरले पराजित गर्दै नेपाल यु-१४ महिला टीम एएफसी यु-१४ महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ। नेपाल एएफसी यु-१४ को च्याम्पियन टीम हो।

बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ठूलो गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफको १३औं मिनेटमा नेपालका लागि रेखा पौडेलले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। उनले ४५ औं मिनेटमा दोस्रो गोल गर्दै नेपालका लागि दुई गोल गरिन्।

उनले मंगलबार माल्दिभ्ससँगको खेलमा ह्याट्रिक गरेकी थिइन् भने इरानसँगको खेलमा पनि दुई गोल गरेकी थिइन्। त्यस्तै नेपालका लागि मनिषा राउत र सरु लिम्बुले दुई दुई गोल गरे। निशा थोकर र रज्जु खड्काले एक एक गोल गरे।

नेपालले यसअघि इरानलाई ३-२ गोल अन्तर र माल्दिभ्सलाई १०-० गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै आजै नेपाल आर्मी फिजिकल सेन्टरमा भएको अर्को खेलमा बंगलादेशले भुटानलाई १६-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनमा प्रवेश गर्‍यो। बंगलादेशका लागि मारिया एक्लैले चार गोल गरिन्।

७० मिनेटको खेलमा बंगलादेशले भुटानलाई पुरै समय दबाबमा राख्यो। खेलको दोस्रो मिनेटमा पहिलो गोल गरेको बंगलादेशले पहिलो हाफमा ७ गोल गरेको थियो भने बाँकी गोल दोस्रो हाफमा गरेको थियो।

बंगलादेशले सेमिफाइनलमा इरानसँग खेल्नेछ। इरानले सेमिफाइनल प्रवेशका लागि माल्दिभ्सलाई १८-० गोल अन्तरले पराजित गरेको थियो।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेश खेलिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell