PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​'कीर्ते महाभारत' ले जित्यो वर्ष पुस्तक २०१४ पुरस्कार



​'कीर्ते महाभारत' ले जित्यो वर्ष पुस्तक २०१४ पुरस्कार

काठमाडौँ : भृकुटी एकेडेमिक पब्लिकेसन्स प्रकाशक रहेको 'कीर्ते महाभारत' पुस्तकका लेखक डा. विमलकुमार सुवेदीले वर्ष पुस्तक २०१४ पुरस्कार जितेको छ।
 
नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले स्थापना गरेको यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।
 
संघको प्रबन्ध समितिले पुस्तक मूल्याङ्कनका लागि छानेका तीन जना मूल्याङ्कनकर्ताबाट प्राप्त मूल्याङ्कनपत्रलाई आधार बनाएर गरिएको गणनामा यो पुस्तक उत्कृष्ट भएको संघका महासचिव लिखतप्रसाद पान्डेले जनाएका छन्।
 
बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा पुरस्कार वितरण गरिनेछ। 

अघिल्लो वर्ष कुमार नगरकोटीको कथा संग्रह 'फोसिल'ले वर्ष पुस्तक २०१३ पुरस्कार जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell