PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संवेदनशील सरकारः बस दुर्घटनामा परेकाको शव लिन भारतीय सैनिक विमान काठमाडौंमा



  • पहिलोपोस्ट
काठमाडौं :  बस दुर्घटनामा परी मृत्यु भएका भारतीयको शव लिन त्यहाँको विदेश मन्त्रालयले सैनिक जहाज नेपाल पठाउने भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले दुर्घटनामा मारिएकाहरुको शव लिनका लागि आइएल ७६ एयरक्राफ्ट नेपाल पठाइने जानकारी दिएका छन्। माइक्रो ब्लगिङ साइट ट्विटरबाट उनले यसको जानकारी गराएका हुन्। उनले आजै राति विमान काठमाडौं उत्रने जनाएका छन् पशुपतिनाथको दर्शनपछि भारत फर्किन लागेका तीर्थयात्रुको बस आज बिहान ६:४० मा धादिङको नौविसे ३ मा दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको निधन भएको थियो। २९ जनाको उद्दार गरिएपछि काठमाडौंका ७ अस्पतालमा उनीहरुलाई उपचारका लागि पुर्‍याइएको थियो। तीन जनाको अस्पतालमा निधन भएको थियो।

नेपालस्थित भारतीय राजदूतावासले घटनालगत्तै घाइतेहरुको अवस्था बुझेर उनीहरु सबैलाई नर्भिक अस्पताल पुर्‍याएको थियो। दूतावासले हेल्पलाइनमार्फत् उद्दारमा सहयोग पुर्‍याएको थियो।

भारतको गुजरातको एकै गाउँबाट आएका दुई बस यात्रुमध्ये एउटा बस दुर्घटनामा परेको थियो। कसरी भएको थियो त दुर्घटना ?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell