PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राज्य विप्लव मुद्दामा सिके राउतलाई विशेष अदालतले दियो सफाइ



काठमाडौं : विशेष अदालतले स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. चन्द्रकान्त (सिके) राउतलाई राज्य विप्लव मुद्दामा सफाइ दिएको छ।

सरकारले राउतमाथि लगाएको राज्य विप्लवको आरोप कुनै पनि कागज, प्रमाण तथा साक्षीबाट प्रमाणित नभएकाले राउतले सफाइ पाएको तराई ह्युमन राइट्स डिफेन्डर्सका रक्षा रामले जानकारी दिए। डिफेन्डर्सले राउतको पक्षमा बहस गरेको थियो। 

रक्षा रामका अनुसार राउतको साथबाट जफत गरिएका पुस्तक लगायतका सामग्री पनि फिर्ता गर्ने अदालतले आदेश दिएको छ। फैसलालगत्तै सिके राउतले अदालतले मधेसमाथि न्याय गरेको प्रतिक्रिया दिए। 'यो सम्पूर्ण मधेसी जनताको जित हो', उनले भने, 'अदालतले मधेसी जनतामाथि न्याय गरेको छ।'

अदालतको फैसलापछि उनका कार्यकर्ताले विशेष अदालत परिसरबाट विजय जुलुस निकालेका थिए। 

सरकारले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने उद्देश्यले अभियान चलाएको आरोपमा राउत विरुद्ध गत असोजमा राज्य विप्लव मुद्दा दायर गरेको थियो। 

सम्बन्धित समाचारः



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell