PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फेरि सहमतिका लागि म्याद थपे नेम्वाङले, १७ गते प्रक्रिया सुरु हुने उद्‍घोष



काठमाडौँ : संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरुले आउँदो १७ गतेसम्म संविधानका विवादित विषयमा सहमति नगरे प्रक्रिया अगाडि बढाउने उद्घोष गरेका छन्।

संविधानसभाको बिहीबारको बैठकबाटै नेम्वाङले १७ गतेबाट प्रक्रिया सुरु गर्ने बताएका हुन्।

‘संविधानसभाको यही २०७१ माघ २९ गतेको बैठकले प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदन समेत गरेको अवस्थामा सो प्रतिवेदनलाई यही २०७२ बैशाख १७ गतेको बैठकमा नियम बमोजिम अगाडि बढाउन तथा प्रस्तुत गर्न व्यवस्था मिलाएको छु’, नेम्वाङले बैठकमा भने।
  
नेम्वाङले दलहरुलाई सहमतिका लागि आफूले प्रशस्त समय दिएको बताए। सहमतिका लागि अनिश्चितकालका लागि संविधानसभा बैठक स्थगन गरेको र बैठक बोलाएपछि पनि कार्यसूची नतोकिएको २ महिना १० दिनको समय व्यतित भएको छ’, नेम्वाङले भने।

उनले दलहरुबीच सहमति हुन नसकेकोमा खिन्न हुँदै आउँदो बैठकमा प्रक्रिया अगाडि बढाउने बताए।

‘२०७२ बैशाख १७ गतेको दिन ३ बजेसम्म दलहरुलाई सहमति गर्न आग्रह गर्दछु। दलहरुको बीचमा सहमति हुँदा त्यही बमोजिम अगाडि बढ्ने र हुन नसकेमा नियम बमोजिम उल्लेख गरिएको प्रक्रिया अगाडि बढ्ने व्यहोरा माननीय सदस्यहरुलाई जानकारी गराउँछु’, नेम्वाङले उद्घोष गरे।   
यसलगत्तै कांग्रेस-एमाले लगायतका दलका सभासद्हरुले टेबल ठटाएर स्वागत गरेका थिए। संविधानसभामा प्रतिनिधित्व गर्ने एकीकृत माओवादीसहितका १९ राजनीतिक दलले भने बैठक बहिस्कार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell