PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

युट्युबको १० वर्ष : यस्तो थियो पहिलो पटक अपलोड भएको भिडियो



अनलाइन भिडियोका लागि एकदमै चलेको साइट हो युट्युब। अहिले त नेपाली फिल्म र गीतहरु पनि यसमा प्रशस्तै अपलोड हुने गरेका छन्। ब्यान्डविथ बचाउन नेपालमै यसको सर्भर पनि राखिएको छ। 

युट्युबमा पहिलो भिडियो भने सन् २००५ को अप्रिल २३ मा भएको थियो। कस्तो थियो त पहिलो पटक अपलोड भएको भिडियो ?

यो दिन अमेरिकी समय अनुसार रातको ८ बजेर २७ मिनेटमा युट्युबका सहसंस्थापक जावेद करिमले अपलोड गरेको भिडियोको शीर्षक थियो मि एट द जू।

हाइस्कुलका साथी याकोभ लापित्स्कीले खिचेको झण्डै २० सेकेन्ड लामो यो भिडियो क्लिप झण्डै २ करोड पटक हेरिएको छ। 



त्यसपछि युट्युबमा धेरै परिवर्तन आइसकेको छ। युट्युबमा होममेड भिडियो मात्र होइन पाइरेटेड टेलिभिजन सोहरु पनि निकै अपलोड भए। गुगलले सन् २००६ मा १ अर्ब डलरभन्दा बढी तिरेर ननिकेको भए प्रोडक्सन कम्पनीहरुले हाल्ने मुद्दाबाट जोगिन उसलाई गाह्रो हुने इकोनोमिस्ट लेख्छ।

गुगलको स्वामित्वमा आएपछि युट्युबले नयाँ गति लियो। टेलिभिजन कम्पनीहरुले आफ्नो शोका टिजरहरु आफै अपलोड गर्न थाले। म्युजिसियनहरुले पनि आफ्ना म्युजिक भिडियोहरु सजिलै हेर्न मिल्ने गरी यसैमा अपलोड गर्न थाले जसले एमटिभीलाई समेत चुनौति दियो। योसँगै विज्ञापनदाताहरुको पनि आकर्षण बन्न पुग्यो युट्युब। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell