PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डलर फेरि महँगियो, शुक्रबारको मूल्य झण्डै १०२ रुपैयाँ



​काठमाडौं : भारतीय मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य १०१ रुपैयाँ ६२ पैसा पुगेको छ। गत  सातासम्म ९९ रुपैयाँको हाराहारीमा रहेको डलरको मूल्य करिब दुई रुपैयाँले बढेको हो।
 
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको मूल्य करिब १०२ रुपैयाँ कायम गरेको हो।

भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर भएकाले डलर बलियो हुँदा भारु कमजोर हुन्छ। स्थिर विनिमय दर एक सय भारु बराबर नेपाली १६० रुपैयाँ हुने हुँदा डलर बलियो हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ।
 
अमेरिकी रोजगार दर बढेको र सुन तथा युरो कमजोर भएपछि डलर महँगिएको हो ।

सुनपछि सबैभन्दा सुरक्षित लगानीका रुपमा डलरलाई लिइन्छ । सुनको मूल्य केही घटेपछि डलरमा लगानीकर्ताको आकर्षण वढ्छ । यसैका कारण डलर बढेर नेपाली रुपैयाँ कमजोर भएको हो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell