PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

७.९ रेक्टर स्केलको महाभूकम्पले तहस नहस काठमाडौं



७.९ रेक्टर स्केलको महाभूकम्पले तहस नहस काठमाडौं

काठमाडौं : लमजुङ केन्द्रविन्दु भएको महाभूकम्पको झट्काले काठमाडौं तहसनहस बनाएको छ।  युएसजिओलोजिकल सर्भेका अनुसार ७.९ रेक्टरस्केल क्षमताको भूकम्प आएको हो। सर्वेले यसको आधा घन्टापछि ६.६ रेक्टरस्केलको अर्को भूकम्प पनि रेकर्ड गरेको छ। यसबाहेक पटक पटक झड्काको महसुस भएको छ। 

भूकम्पले काठमाडौंको पुरानो सहर भग्नावशेषमा परिणत भएको छ। भीमसेन थापाको स्तम्भका रुपमा चिनिने धरहरा पूरै जमिनमा ढलेको छ। काठमाडौंको वसन्तपुरका घरहरु भत्किएका छन्।

धरहरामात्र होइन वसन्तपुर क्षेत्रका सबै पुराना मन्दिरहरु भत्किएका छन्। धरहरा ढल्दा त्यसमा चढेर काठमाडौं हेर्नेहरुको भिड थियो। भत्किएका घरभित्र परेका मानिसको उद्दार त थालिएको छ तर अहिलेसम्म यकिन रुपमा कति मानिस हताहत भए पहिचान हुन सकेको छैन।

वीर अस्पतालमा उपचार कक्षको अभाव भइसकेको छ। सडकमा ल्याएर विरामीको उपचार गरिन थालिएको छ। सुरक्षा निकाय उद्दारमा जुटेको भए पनि भूकम्पको प्रभाव सबैतिर फैलिएका कारण उद्दा सहज हुन सकेको छैन।

भूकम्पको झट्काले अर्को सहर भक्तपुरमा पनि ठूलो क्षति पुर्‍याएको छ। पाटनका मन्दिरहरु पनि भूकम्पले ढलेका छन्।

























 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell