PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चर्कियो प्रधानमन्त्री कार्यालय



चर्कियो प्रधानमन्त्री कार्यालय

काठमाडौं : महाभूकम्पले मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारभित्र रहेको प्रधानमन्त्री कार्यालय क्षतिग्रस्त बनेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयको पश्चिमपट्टी भवन चिराचिरा परेको छ।

७.९ रेक्टरस्केलको भूकम्पको झट्काले मुलुकका धेरै भागमा प्रभावित बनाएको छ। सबैभन्दा धेरै प्रभाव काठमाडौं उपत्यकामा परेको छ। भूकम्पले काठमाडौंको पुरानो सहर भग्नावशेषमा परिणत भएको छ। भीमसेन थापाको स्तम्भका रुपमा चिनिने धरहरा पूरै जमिनमा ढलेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell