PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भूकम्पका बढी प्रभावित २१ जिल्ला संकटग्रस्त, फर्किँदै प्रम कोइराला



भूकम्पका बढी प्रभावित २१ जिल्ला संकटग्रस्त, फर्किँदै प्रम कोइराला

काठमाडौं : आज दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उपत्यकाका तीनसहित २१ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। भूकम्पबाट सबैभन्दा धेरै प्रभावित जिल्लाहरुलाई संकटग्रस्त घोषणा गरेको हो।

बैठकपछि जानकारी दिँदै मन्त्री लालबाबु पण्डितले अर्थ मन्त्रालयले तत्काल ५० करोड रुपैयाँ तत्काल उपलव्ध गराउने निर्णय भएको बताए। मन्त्रिपरिषदले उद्दारका लागि अन्तर्राष्ट्रिय सहयोग माग्नेसमेत निर्णय गरेको छ। यसरी हुने सहयोगमा भन्सार छुट हुने र त्यसको समन्वय नेपाली सेनाले गर्ने तय गरिएको छ।

अहिलेसम्म भूकम्पमा परी मर्नेको संख्या ४ सय ३५ पुगेको जनाइएको छ।

फर्किँदै प्रम कोइराला

प्रधानमन्त्री सुशील कोइराला थाइल्यान्डमा उपचार गर्ने आफ्नो पूर्ववत कार्यक्रम स्थगित गरेर नेपाल फर्किने भएका छन्। महाभूकम्पले मुलुकको अस्तव्यस्त रहेको जानकारी पाएलगत्तै प्रधानमन्त्री कोइराला नेपाल फर्किन लागेका हुन्।

त्यस्तै अवरुद्ध रहेको त्रिभुवन विमानस्थल खुला भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell