PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आकाशबाट भत्किएको भक्तपुर हेर्दा



आकाशबाट भत्किएको भक्तपुर हेर्दा

  • उमेश श्रेष्ठ/ऋषिकेश दाहाल
भक्तपुर : महाभूकम्पको सबैभन्दा ठूलो क्षति भक्तपुरमा छ भन्ने भएपछि हामी त्यहाँको अवस्था बुझ्न तयार थियौं। पहिलोपोस्टका अंगद ढकालले त्यहाँका दृष्यसहित रिपोर्टिङ गरिसकेका थिए। 'भित्र छिर्नसमेत सकिन्न,' उनले हामीलाई यसैगरी ब्रिफ गरे।

उद्दार गर्न सेना र प्रहरीसमेत छिर्न नसकेको जोखिमपूर्ण ठाउँमा हामी छिर्नसक्ने स्थिति थिएन। यसको विकल्पमा हामीले ड्रोन उडाउने तय गर्‍यौं। भक्तपुरमा सेना र प्रहरीले रेस्क्युमा जुटेका थिए। तर उनीहरु ५० मिटरभन्दा भित्र छिर्न सकिरहेका रहेनछन्।

ड्रोनसहित हामी पुगेको देखेपछि उद्दारमा खटिएका सैनिकले भत्केका ठाउँको थप अवस्था कस्तो देखिन्छ भनेर सघाउन आग्रह गरे। हामीले त्यही क्रममा उद्दार टोली पुग्न नसकेका दृष्यलाई कैद गर्ने प्रयास गर्‍यौं। उनीहरुले हामीलाई भत्किएकै घरबाट केही भित्रसम्म पुर्‍याएर भित्र केही छ कि भन्ने खिच्न सघाए।

दत्तात्रयभन्दा करिब ३ सय मिटर वर नै सशस्त्र प्रहरीको एउटा टोली घरभित्र दविएको पुरुषको खोजीमा थियो। एकजना प्रहरीले हामीलाई बाटो बन्द भएको भन्दै एउटा ठूलो घरभित्र छिराए। त्यो घरबाट पार गर्दा बाटोको अर्को भागमा पुगिँदो रहेछ। त्यहाँबाट दक्षिणतिर पूरै घर भत्किएका थिए। सशस्त्रकै सहयोगमा हामीले त्यहाँबाट पनि केही दृष्यहरु निकाल्यौं।

भक्तपुरमा एउटा गल्लीबाट छिर्दा हराइनु सामान्य थियो पहिले। अहिले कुनै गल्ली छैन। कुनै बाटो छैन। घाम नछिर्ने गल्लीका दुवैतिर अग्ला घरहरु थिए। ती धेरै अब छैनन्। भूकम्पको प्रकोपले ती घर पूर्ण र अर्धरुपमा ढलेका छन्। बाटो कतैबाट पनि पहिचान गर्न सकिन्न - कुन बाटो हो र कुन घर हो। त्यही अवस्थालाई हामीले यसरी हेर्‍यौं : 








रातो लगाएको ठाउँमा आफूहरु प्रवेश गर्न नसकेको उद्दाकर्मीहरुले हामीलाई बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell