PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

यस्तो छ काठमाडौंको बेहाल तस्वीर



यस्तो छ काठमाडौंको बेहाल तस्वीर

काठमाडौं । शनिवार गएको भुकम्पपछि काठमाडौंको अवस्था बेहाल छ । घर भत्किएपछि खुला ठाउँमा बासको खोजी भैरहेका छ । पानी र खाद्यान्नको अभाव छ । 
नेपालका स’रक्षाकर्मी मात्रै नभएर पाकिस्तान, भारत, चीनको उद्दार टोलीले समेत तिव्र गतिमा काम गरिरहेको छ । शहरका पुराना सबै संरचना भत्किएका छन् । ठूला घरले प’रिएर हजारौंको ज्यान गएको छ । यस्तो छ भुकम्पपछि काठमाडौंको हाल । राससका कुमार श्रेष्ठ र रत्न श्रेष्ठले खिचेका तस्वीरहरु । 


भुकम्पले ढलाएको गोरखा दरबार । तस्वीर: प्रशन्न पोखरेल/रासस


चितवनको भरतपुर मेडिकल कलेजले विरामीलाई अस्पताल बाहिर टेन्ट टाँगेर सेवा दिंदै । यहाँका अस्पतालले निशुल्क उपचार सेवा दिईरहेका छन् । नारायण ढुंगाना/रासस 

चितवनको विकट सिद्धी गाविसको मझवाङमा घर भत्किएपछि बच्चा बोकेर टोलाउँदै गरेकी दिलमायाँ चेपाङ र उनका परिवार । चेपाङ गाउँमा भुकम्पका कारण २ जनाको ज्यान गएको छ भने अधिकाँश घरहरुमा क्षती पुगेको छ । नारायण ढुंगाना/रासस 

काठमाडौंको माछापोखरी तिनकुने चोकमा ढलेका होटल तथा लजमा उद्दार गर्दै सुरक्षाकर्मी । तस्वीर कुमार श्रेष्ठ/रासस

दुर्घटनामा आफन्त गुमाएपछि शोकमा रहेको परिवार, यो तस्वीर काठमाडौं माछापोखरीमा लिइएको हो । तस्वीर कुमार श्रेष्ठ/रासस




भुकम्पले आफन्तको ज्यान लिएपछि शोकाकुल परिवार


भूकम्पका कारण थापाथलीस्थित नेपाल राष्ट्र बैङकमा भएको क्षति । तस्बिर ः रत्न श्रेष्ठ, रासस




भूकम्पका कारण हात खुट्टा भाचिएपछि उपचारका क्रममा टिचिङ अस्पतालमा । तस्बिर ः रत्न श्रेष्ठ, रासस

गोङ्गबु नयाँ बसपार्कस्थित, मित्रनगरमा भत्किएको घर स्काभेटरमार्फत उद्धार गरिंदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस


धापासीस्थित क्षतिग्रस्त १८ तल्लाको पाँच भवन रहेको होराइजन भ्यूटावर । तस्बिर ः रत्न श्रेष्ठ, रासस


नारायणहिटी सङ्ग्रहालयको दक्षिण ढोकाको क्षतिग्रष्ट प्रवेशद्वारा । तस्बिर ः रत्न श्रेष्ठ, रासस



टुडिखेलस्थित अस्थायी शिविरमा रहेका सर्वसाधारणलाई भारत सरकारबाट प्राप्त खाद्यान्न वितरण गर्दै नेपाली सेनाका अधिकारी । तस्बिर ः रत्न श्रेष्ठ, रासस

टुडिखेलस्थित अस्थायी शिविरमा रहेका सर्वसाधारणलाई भारत सरकारबाट प्राप्त खाद्यान्न वितरण गर्दै नेपाली सेनाका अधिकारीहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस


नेपाली सेनाले काठमाडौँको लैनचोरमा सर्वसाधारणलाई खानेपानी वितरण गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस


अब सम्झना मात्र । भुकम्पमा भत्किएको नौ तले धरहरा ।


काठमाडौंको मध्यवानेश्वरमा रहेको छ तले वेलकम लज

काठमाडौंको माछापोखरीमा ढलेको होटल  कुमार श्रेष्ठ/रासस


काठमाडौंको बालुवाटारमा घर भत्किएपछि पुरिएको गाडि । उद्दार टोलीले यहाँ लगातार काम गरिरहेको छ । कुमार श्रेष्ठ/रासस

काठमाडौंको बालुवाटारमा भत्किएको घरबाट शव निकाल्न रड काट्दै उद्दार टोली । कुमार श्रेष्ठ/रासस

काठमाडौंको बालुवाटारमा भत्किएको घरबाट शव निकाल्न रड काट्दै उद्दार टोली । कुमार श्रेष्ठ/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell