PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​प्रचण्डको नेतृत्वमा केन्द्रीय उद्दार तथा राहत सहयोग समिति



​प्रचण्डको नेतृत्वमा केन्द्रीय उद्दार तथा राहत सहयोग समिति

काठमाडौं : एकीकृत नेकपा माओवादीकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ‘केन्द्रीय उद्दार तथा राहत सहयोग समिति’ गठन गरेको छ।

सोमबार एमाओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयका पदाधिकारीको बैठकले  केन्द्रीय उद्दार तथा राहत सहयोग समिति’ गठन गरेको हो।

बैठकका निर्णय यस्ता छन्-

२०७२ बैशाख १४ गते एकीकृत ने.क.पा.(माओवादी)का अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयका पदाधिकारीहरुको बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ।

१. २०७२ वैशाख १२ र १३ गते आएको ठूलो भूकम्प र त्यसका पराकम्पनले पारेको विपद अझै पनि यकिन हुन सकेको छैन यो प्राकृतिक विपत्तिमा निधन भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजन प्रति गहिरो संवेदना व्यक्त गर्दछौं। यसक्रममा घाइते भै उपचारमा रहनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

२. यो महाविपत्तिले श्रृजना गरेका मानवीय, भौतिक र मानसिक यन्त्रणाको आपतकालिन व्यवस्थापन गर्न राज्यले सकेको छैन तर यतिबेला राज्यको आलोचना भन्दा पनि यो महाविपत्तिले श्रृजना गरेका चुनौतीलाई एकजुट भएर सामुहिक ढंगले सम्बोधन गर्नुपर्छ। हामी सरकार र अन्य पक्षसँग मिलेर यस घडीमा वर्तमान त्रासदीलाई सामना गर्न तत्पर छौं। यसका लागि पार्टीका अध्यक्ष क. प्रचण्डको नेतृत्वमा ‘केन्द्रीय उद्दार तथा राहत सहयोग समिति’ गठन गरिएको छ।

३. सबैलाई स्तब्ध पार्ने गरी आएको विपद्ले पैदा गरेका अकल्पनीय दुःखलाई न्युनीकरण गर्ने क्रममा खानेपानी, त्रिपाल, औषधी, खाद्य सामाग्री र स्वास्थ्य उपचार तत्काल उपलब्ध गराउन हाम्रो पार्टी सरकारसँग आग्रह गर्दछ। यस्तो बेला सरकार, राजनीतिक दल र सामाजिक संगठनहरु स्थानीय समुदायसँग मिलेर नै यी चुनौतीको व्यवस्थापन गर्नुपर्छ भन्नेमा हामी जोड दिन चाहान्छौं।

४. यो महाविपत्तिलाई सामना गर्न हामी देश भित्रका सबै पक्षका अतिरिक्त आवश्यक सहयोगका लागि अन्तराष्ट्रिय समुदायलाई हार्दिक अपील गर्दछौं।

५. राष्ट्रका सामु आएको यो विकराल प्राकृतिक विपद्लाई सामना गर्ने क्रममा यथाशीघ्र व्यवस्थापिका संसदको बैठक आयोजना गरी सभासदहरुलाई प्रभावित क्षेत्रमा पठाउन र उद्दार र राहतलाई प्रभावकारी बनाउन सर्वदलीय अनुगमन समिति बनाउन आग्रह गर्दछौं ।

६. यो अकल्पनीय विपत्तिमा जनताको दुःखमा एकाकार हुँदै उद्दार र राहतका काममा स्वयम् सेवकीय एवम् अभियानात्मक ढंगले जुट्न पार्टी तथा जवस÷मोर्चाका नेता, कार्यकर्ता र सदस्यहरुलाई निर्देशित गर्दछौं। तत्काल उद्दारमा देखिएका व्यवहारिक समस्याहरु हल गर्न युवा, विद्यार्थी र स्वास्थ्यकर्मीहरुलाई रक्तदान लगायतका काममा अग्रसर हुन निर्देशित गरिन्छ।

७. यो दु्ःखको घडीमा आहत जनतालाई राहत पुर्‍याउन चाहने हाम्रा सदस्य समर्थक र हितैषीहरुको सहयोगका लागि बैंक खाता खोलिएको समेत जानकारी गराउँदछौं।

२०७२ बैशाख १४



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell