PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भूकम्पमा १० विदेशीको मृत्युको पुष्टि, काठमाडौंमा चारको मृत्यु



भूकम्पमा १० विदेशीको मृत्युको पुष्टि, काठमाडौंमा चारको मृत्यु
काठमाडौंको हनुमान ढोकामा उद्दार कार्य हुँदै। फोटोः कुमार श्रेष्ठ/रासस

काठमाडौं : विनाशकारी भूकम्पमा १० विदेशी नागरिकको मृत्यु भएको छ। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँमा मात्र चार विदेशीको मृत्यु भएको हो। 

काठमाडौँमा भूकम्पमा पर्नेमा फ्रान्सका ३० वर्षीय लोबाबो ओस्की र अर्का ३० वर्षीय फोरिसिएर ओस्की छन्। त्यस्तै २७ वर्षीय चिनियाँ नागरिक झुझुइओङ र ३० वर्षीय अनुराग छन्।

सोलुखुम्बुको भूकम्पमा अस्ट्रेलियाका महिला रिनोफोलेन्डर चिनियाँ जेनझेनफाङ र अमेरिकी एक महिला मारिसा इभगिरावङ छन् भने एक जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ।

त्यसैगरी मकवानपुरमा एक भारतीय महिला मान्दिनी गुप्ताको निधन भएको छ भने सोलुखुम्बुमा निधन भएका एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell