PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​मृतकको संख्या ४३ सय नाघ्यो, सिन्धुपाल्चोकमा मात्र ११ सय बढीको मृत्यु



​मृतकको संख्या ४३ सय नाघ्यो, सिन्धुपाल्चोकमा मात्र ११ सय बढीको मृत्यु

पोखरा : गृह मन्त्रालयले गत शनिबार गएको विनाशकारी महाभूकम्पबाट मुलुकभर मृत्यु हुनेको संख्या चार हजार ३ सय ४६ पुगेको जनाएको छ।

यो मंगलबार बिहान ८ बजेसम्मको तथ्यांक हो। भूकम्पबाट ८ हजार १ सय ५४ जना घाइते भएका छन्।

काठमाडौं उपत्यकामा मात्र मृतकको संख्या १ हजार ४ सय ४० पुगेको छ। यस्तै उपत्यकामा ४ हजार ९ सय ३ जना घाइते छन्।

मृत्यु हुनेमध्ये सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा धेरै छन्। काठमाडौंमा एक हजार ३९ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक

यस्तै ललितपुरमा एक सय ५८ र भक्तपुरमा दुई सय ४३ जनाको मृत्यु भएको छ।

नेपालको पूर्व क्षेत्रमा ५२ जनाको मृत्यु भएको छ भने दुई सय १२ जना घाइते भएका छन्। पूर्व क्षेत्रमा मृत्युको तथ्यांक यस्तो छः
भोजपुर -२
सुनसरी- ७
सोलु - २२
ओखलढुङगा - १७
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१

यस्तै मध्य क्षेत्रमा मृतकको संख्या दुई हजार ५ सय ८९ पुगेको छ भने दुई हजार ६ सय ९८ घाइते छन्।
दोलखा -५०
रामेछाप – २४
सिन्धुली – ९
धनुषा- १
सर्लाही -१
नुवाकोट ‍- ४७८
धादिङ – ३०३
काभ्रे -२४८
सिन्धुपाल्चोक – ११७६
रसुवा – २५०
मकवानपुर -३३
चितवन -६
बारा – ५
पर्सा – ४
रौतहट – १

पश्चिम क्षेत्रमा मृतकको संख्या दुई सय ६४ पुगेको छ भने तीन सय २१ घाइते छन्।
गोरखा -२५६
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४

मध्यपश्चिम क्षेत्रमा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
रोल्पा -१
रुकुम – १



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell