PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​टिकट नपाएपछि काठमाडौं नयाँ बसपार्कमा टिकट काउन्टर तोडफोड



​टिकट नपाएपछि काठमाडौं नयाँ बसपार्कमा टिकट काउन्टर तोडफोड
फोटोः कविराज लम्साल/पहिलोपोस्ट

काठमाडौं : बसको टिकट नपाएपछि काठमाडौंको नयाँ बसपार्कमा यात्रुहरुले तोडफोड गरेका छन्। काठमाडौंबाट मुलुकका विभिन्न ठाउँमा जान हिँडेका यात्रुले टिकट नपाएपछि टिकट काउन्टर तोडफोड गरेको पहिलोपोस्ट सम्वाददाता ऋगवेदले जनाएका छन्।

गत शनिबार गएको महाभूकम्पको केन्द्र गोरखाको बारपाकमा उद्दार तथा राहतका लागि हिँडेका गोरखालीहरु पनि टिकट नपाएपछि नाराबाजीमा उत्रेका छन्। भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ।

गोरखा घर भइ काठमाडौं बसिरहेकाहरु चाउचाउ, चिउरा सहितका खाद्य सामग्री लिएर गोराख जाने तयारीमा थिए।

सरकारले यात्रुलाई सहजतापूर्वक गन्तव्यमा पुर्‍याउन पटकपटक आग्रह गरेपनि यातायात व्यवसायीले बस सञ्चालन नगरेको तथा सञ्चालन गर्नेले पनि मनपरी भाडा उठाएको यात्रुले गुनासो गरेका छन्।

नयाँ बसपार्कमा बाहिर जाने गाडी छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell