PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भुकम्पबाट मृत्यु भएका ६८ शव सनाखत हुन बाँकी



काठमाडौं : देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पमा परी मृत्यु भएका ६८ जनाको अझै सनाखत हुन सकेको छैन् ।

ती शवहरुमध्ये त्रि।बि।शिक्षण अस्पताल महाराजगंजमा २७, वीर अस्पतालमा ७, सैनिक अस्पताल छाउनीमा १, काठमाडौं मेडिकल कलेज अस्पतालमा १, जनमैत्री अस्पताल बालाजुमा १३, ओम अस्पताल चावहिलमा १, सुरक्षा अस्पतालमा २, मनमोहन अस्पताल ठमेलमा ६, सहिद मेमोरियल अस्पतालमा १, पाटन अस्पतालमा ३, मध्यपुर अस्पताल ठिमीमा १ र कालीमाटी अस्पतालमा ६ शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

अस्पतालमा रहेका शवको सनाखत गरी शव व्यवस्थापन तथा सनाखतका लागि हराएका तथा खोजीमा रहेका व्यक्तिहका आफन्तलाई प्रहरीले अनुरोध गरेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell