PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​आएका थिए रिपोर्टिङमा तर गर्न थाले अपरेसन



​आएका थिए रिपोर्टिङमा तर गर्न थाले अपरेसन
डा. गुप्ता बिचमा। फोटोः डेलीमेल

यो समाचारको विश्वसनीयतामा प्रश्न उठेको छ। पढ्नुहोस्ः नेपालबारेको समाचार झुटो ठहरिएपछि सिएनएनले भन्यो- पत्रकारिता मस्तिष्कको शल्यक्रिया होइन

काठमाडौं : सिएनएनका पत्रकार सञ्जय गुप्ता महाभूकम्पले निम्त्याएको विपत्तिको रिपोर्टिङका लागि नेपाल आएका थिए। तर उनले क्यामेरा, कलम र कागजको सट्टा अपरेसनका लागि सामग्री रोजे। 

भूकम्पको समाचार रिपोर्टिङ गर्न नेपाल आएका न्यरोसर्जन डा. सञ्चय गुप्ताले १५ वर्षीया सन्ध्या चालिसेको अपरेसन गरे। चालिसे घरको पर्खाल खसेर घाइते भएकी थिइन्। गुप्ता सिएनएनका प्रमुख स्वास्थ्य सम्वाददाता हुन्।

सन्ध्यालाई उपचारका लागि तत्काल काठमाडौंको वीर अस्पताल पुर्‍याइएको थियो। सिएनएनका अनुसार सन्ध्याको मस्तिस्कमा रगत जम्मा भएको थियो। सन्ध्याको विस्तृत परिचय भने समाचारमा खुलाइएको छैन।

सिएनएनको भिडियोमा डाक्टर गुप्ताले भनेका छन्- अस्पतालका अन्य चिकित्सकले मलाई अपरेसनका लागि आग्रह गरे। मलाई लाग्यो उनलाई साँच्चै सहयोग चाहिएको छ।

गुप्ताले भनेका छन्- अपरेसनमा जे सामग्री उपलब्ध भए, त्यसैले काम चलाउनुपर्‍यो जस्तो कि इलेक्ट्रिक ड्रिलको साटो कैँची।

गुप्ताका अनुसार अपरेसनपछि सन्ध्याको अवस्थामा सुधार आएको छ तर समग्रमा नेपालको अवस्था त्यति राम्रो छैन।

सिएनएनका मुख्य स्वास्थ्य सम्वाददाता गुप्ता एमेरी हेल्थकेयसमा न्युरोसर्जनका रुपमा समेत काम गर्छन्।

तीन सन्तानका बाबु ४५ वर्षीय डाक्टर गुप्ताले रिपोर्टिङका सिलसिलामा उपचारमा संलग्न भएको पहिलोपटक भने होइन।

सन् २००३ मा इराकमा रिपोर्टिङका क्रममा उनले इराकी नागरिक तथा अमेरिकी सेनाको आपतकालीन शल्यक्रिया गरेका थिए। २०१० मा हाइटीमा आएको भूकम्पमा पनि गुप्ता र अन्य चिकित्सकले १२ वर्षकी एक बालिकाको टाउकोबाट कंक्रिटको टुक्रा निकालेका थिए। 

यो समाचारको विश्वसनीयतामा प्रश्न उठेको छ। पढ्नुहोस्ः नेपालबारेको समाचार झुटो ठहरिएपछि सिएनएनले भन्यो- पत्रकारिता मस्तिष्कको शल्यक्रिया होइन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell