PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भूकम्प प्रभावित क्षेत्रमा खटिए एमाओवादीका केन्द्रीय नेता



भूकम्प प्रभावित क्षेत्रमा खटिए एमाओवादीका केन्द्रीय नेता
फोटोः twitter.com/brb_laaldhwoj

काठमाडौं : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिजो केन्द्रीय उद्धार तथा राहत सहयोग समिति गठन गरेको एमाओवादीले यसलाई प्रभावकारी बनाउन पार्टी केन्द्रीय नेताको कार्यविभाजन गरेको छ।

अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई केन्द्रीय अनुगमन, सरकार एवं अन्तर्राष्ट्रिष समन्वयन र पहलको जिम्मा दिइएको छ।

हरेक जिल्लामा उद्धार तथा राहत सहयोग समितिको आवश्यक संयन्त्र बनाई सरकारी संयन्त्रसँग समन्वय गरी सक्रिय रुपमा परिचालन गर्ने एमाओवादीले जनाएको छ।

अत्यन्त प्रभावित जिल्लामा प्रत्यक्ष अनुगमन र नेतत्व गर्न नेताहरुलाई जिम्मा दिइएको छ। जसअन्तर्गत सिन्धुपाल्चोकमा अग्नीप्रसाद सापकोटा, गोरखामा हितराज पाण्डे, काठमाडौंमा हिसिला यमि, भक्तपुरमा झक्कुप्रसाद सुवेदी र ललितपुरमा वर्षमान पुनलाई जिम्मा दिइएको छ।

यस्तै नुवाकोटमा हितबहादुर तामाङ, काभ्रेमा विश्वभक्त दुलाल, रामेछापमा धावा लामा र रसुवामा नवराज सुवेदीलाई खटाइएको छ।

दोलखामा गंगानारायण श्रेष्ठ, मकवानपुरमा नारायण दाहाल, सिन्धुलीमा हरिवोल गजुरेल र धादिङमा  देवेन्द्र पौडेललाई खटाइएको छ।

केन्द्रीय राहत संकलन तथा वितरण डेस्कको जिम्मा टोपवहादुर रायमाझी, रामचन्द्र झा र लिलामणि पोख्रेललाई दिइएको छ।

केन्द्रीय स्वास्थ्य डेस्कमा गिरीराजमणि पोख्रेल, शक्ति बस्नेत र शशि श्रेष्ठलाई खटाइएको छ।

केन्द्रीय सूचना डेस्कमा महासचिव कृष्णवहादुर महरा, प्रवक्ता दिनानाथ शर्मा, जोख बहादुर महरा, गोविन्द आचार्य र ओम शर्मालाई खटाइएको छ।

भूकम्प पिडीतहरुको सहयोगार्थ रकम संकलन गर्न प्रचण्डको अध्यक्षतामा गठित उद्धार तथा राहत सहयोग समितिको नाममा बैंक खाता खोल्ने निर्णय एमाओवादीले गरेको छ।

अध्यक्ष प्रचण्ड र कोषाध्यक्ष हरिबोल गजुरेल ‘शितलकुमार’ को नाममा एभरेष्ट बैंक लिमिटेड र ग्लोबल आइ एम ई बैंकमा खोल्ने निर्णय एमाओवादीले गरेको हो।

यस्तै माओवादीले भूकम्प पिडीतको सहयोगार्थ तराई/मधेस राहत संकलन तथा रक्तदान अभियान संचालन गर्ने भएको छ।

उद्धार तथा राहत वितरण कार्यमा विभेदकारी एवं अपारदर्शी, प्रभावहीन तथा दुरुपयोग भएको भन्ने व्यापक जनगुनासो आएको भन्दै माओवादीले सरकारलाई सचेत गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell