PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसरी गरौँ रकम जम्मा



​प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसरी गरौँ रकम जम्मा
काठमाडौंमा भूकम्पको विध्वंश।

काठमाडौं : सरकारले महाभूकम्पबाट पीडितको राहतका लागि सहयोग गर्न अनुरोध गरेको छ।

बैशाख १२ गतेदेखि पटक–पटक आएको भूकम्पबाट पीडित र प्रभावितको उद्धार, उपचार, राहत, पुनःस्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र पुनःनिर्माणका लागि सहयोग गर्न सरकारले आग्रह गरेको हो।

यसरी सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न सक्नेछन्।  

प्रधानमन्त्री कार्यालयले जनाएअनुसार सहयोगी दाताहरुले नेपाल बैंक लिमिटेड, काठमाडौँको ००२–११–०५३३१३, स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको ०१–०१३२४३८–०१, नेपाल बङ्गलादेश बैंक लिमिटेडको ०३५१४१ सी, एभरेष्ट बैंक लिमिटेडको ००१०११०२२०००१२ र ००१००१०५२००२७० र ग्लोबल बैंक लिमिटेडको ०४११०१००००००५ मा रकम जम्मा गर्न सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell