PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उद्दारका विषयमा जानकारी लिन राष्ट्रपति सिंहदरवारमा



उद्दारका विषयमा जानकारी लिन राष्ट्रपति सिंहदरवारमा

काठमाडौं : राष्ट्रपति डा.  रामवरण यादव  सिंहदरबारस्थित गृह मन्त्रालयमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा  गएर  भूकम्पपछिको उद्धार प्रक्रिया र स्थितिबारे जानकारी लिएका छन् ।

राष्ट्रपति यादव आकस्मिक रुपमा सिंहदरबार आई वस्तुस्थिति र प्रगतिबारे जानकारी लिएको अर्थमन्त्री डा रामशरण महतले जानकारी दिए । राष्ट्रपति यादवले दैवी प्रकोपका समयमा सबै मिलेर समन्वयात्मक रुपमा काम गर्न आग्रह गरेका थिए ।

राष्ट्रपति यादवलाई उद्धार कार्यको प्रगतिबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले  जानकारी दिएका थिए ।
 
मन्त्रालयभित्र केन्द्रीय उद्धार केन्द्रको कार्यालय पनि छ । दुई दिनअघि मन्त्रिपरिषद्को आकस्मिक बैठक सोही स्थानमा बसेको थियो । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell