PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राहुल गान्धी सुद्ध नभई केदारनाथ गए, यसैले नेपालमा आयो भुकम्प !



राहुल गान्धी सुद्ध नभई केदारनाथ गए, यसैले नेपालमा आयो भुकम्प !

देहरादुन । भारतीय जनता पार्टीका सांसद साक्षी महाराजले फेरी एक पटक विवादित बयान दिएका छन् । र यसपटक त्यो विवादित बयान नेपालको भुकम्पसँग जोडिएको छ ।

उनले नेपालमा आएको भुकम्पलाई भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीको केदारनाथ मन्दिरसँग जोडेर बयान दिएको भारतीय अनलाईन नवभारत टाइम्सले लेखेको छ ।

महाराजले भारतको हरिद्वारमा पत्रकारसँग कुरा गर्दै राहुल गान्धिले सुद्ध नभई केदारनाथ गएको र त्यसैले नेपालमा भुकम्प आएको बताए । विश्व हिन्दु परिषद्की नेता साध्वी प्राचीले पनि यस्तै खाले बयान दिएकी छन् ।

उनले भनेकि छन्, जब–जब राहुल उत्तराखण्ड गए, तव–तव ठूला घट्ना भए । यस अघि पनि राहुल उत्तराखण्ड गएका थिए, त्यतिवेला उत्तराखण्डमा ठूलो क्षती हुने गरी बाढी आएको थियो । यसपटक उनी नेपालमा आएको भुकम्पका लागि जिम्मेवार छन् ।

राहुलका विषयमा साक्षी महाराजले गरेको टिप्पणीप्रति भारतीय काँग्रेसले कडा आपत्ती जनाएको छ । सत्ताधारी पार्टीले मानवीय त्रासदीलाई साम्प्रदायिक रंग दिने काम गरेको छ, काँग्रेसले भनेको छ ।

पार्टी प्रवक्ता सुमित्रा देवले विजेपीको तुच्छ व्यवहार दुर्भाग्यपूर्ण भएको बताइन् । उनले महाराजको बयानबाट भगवान केदारदाथका भक्तजनलाई तुच्छ देखाउने र भुकम्पबाट पीडितलाई गहिरो दुःख पुर्याउने काम गरेको बताइन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell