PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्याटेलाइट तस्वीरमा ढल्नु अघि र ढलेपछिको धरहरा



स्याटेलाइट तस्वीरमा ढल्नु अघि र ढलेपछिको धरहरा

काठमाडौं । सन् १८३२ मा निर्माण गरिएको धरहरा शनिवार आएको भुईंचालोले ढलायो । धरहरा ढलेसँगै नेपालको एउटा धरोहर पनि ढल्यो ।
विभिन्न स्याटेलाइटसँगको साझेदारीमा संयुक्त राष्ट्र संघको इष्ट्च्यिुट अफ ट्रेनिङ एण्ड रिसर्च(युनिटार)ले धरहरा ढल्नु अघि र पछिका स्याटेलाइट तस्वीरसहित काठमाडौंका केही तस्वीरहरु सार्वजनिक गरेको छ ।
धरहरासँगै युनिटारले बसन्तपुरको हनुमान ढोका दरवार, काठमाडौंको एउटा सात तले भवनको पनि तस्वीर सार्वजनिक गरेको छ । त्यसैगरी भुकम्प आउनु अघि र भुकम्पपछि अस्थायी बासस्थानका कारण भरिएका केही खुला ठाउँका तस्वीर पनि युनिटारले सार्वजनिक गरेको छ ।





भुकम्पमा सबैभन्दा बढी प्रभावित सुन्धारास्थित नौतले धरहरा हो । धरहराको पूरै फेंदबाट ढलेको छ । यहाँ कयौंको ज्यान पनि गएको थियो । युनोस्याट स्याटेलाइटले धरहरा ढल्नु अघि र धरहरा ढलेपछि खिचेको स्याटेलाइट तस्वीर ।



त्यसैगरी दोस्रो प्रभावित क्षेत्र बसन्तपुर दरवारको पनि स्याटेलाइट तस्वीर युनिटारले सार्वजनिक गरेको छ । पाँच एकड जमिनमा फैलिएको हनुमान ढोका र त्यस वरपरका सम्पदामा पनि भुकम्पबाट ठूलो क्षती पुगेको छ । यही दरवारमा बसेर मल्ल राजाले देशमा शासन गर्दथे ।




काठमाडौंको चावहिलमा एउटा सात तले भवन ढल्यो । यो भवनको पनि युनिटारले भुकम्प अघि र पछिको तस्वीर सार्वजनिक गरेको छ ।




भुकम्पपछि राजधानीका खुला ठाउँ प्रभावितले भरिएको छ । भुकम्प अघिको छाउनीको खुला ठाउँ र भुकम्पपछि सुरक्षित स्थानको खोजीमा रहेका सर्वसाधरणले भरिएको अर्को तस्वीर ।





त्यसैगरी रानीपोखरी छेउँको पार्क पनि भुकम्प प्रभावितले भरिएको थियो ।



राजधानीमा सबैभन्दा बढी मानिसले भुकम्पपछिका तीन रात सैनिक मञ्च, टुँडिखेलमा विताए । त्यसैगरी दशरथ रंगशालाले पनि धेरैलाई बास दिलायो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell