PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भुकम्पको गलत हल्ला फैलाउने तीन पत्रकार पक्राउ



भुकम्पको गलत हल्ला फैलाउने तीन पत्रकार पक्राउ

काठमाडौँ ।    भुकम्पका विषयमा गलत रिर्पोटिङ गरेको आरोपमा प्रहरीले तीन पत्रकार पक्राउ गरेको छ । प्रहरीले नेपाली हेडलाइन्सका कार्यकारी सम्पादक सरोज गौतम, डेस्क सम्पादक सचित देवकोटा र कार्यकारी निर्देशक गीता भट्टराई पक्राउ परेको प्रहरीले जारी प्रेस विज्ञप्तिमा छ ।

नेपाली हेडलाइन्सले बैसाख १३ गते बैज्ञानिक समेतको हवला दिँदै “बैज्ञानिक भन्छन्: अझै ठूलो भुकम्प आउन बाँकी नै छ” भन्ने शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

समाचारले जनमानसमा डरत्रास, आतंक फैलाएको आरोपमा बुद्धनगरबाट केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पत्रकार पक्राउ गरेको हो । उनीमाथि प्रहरीबाट थप आवश्यक अनुसन्धान कारबाही भइरहेको जानकारी पनि प्रहरीले दिएको छ ।

यसअघि पनि कन्या क्याम्पसको शौचालयमा भण्टा भेटिएको समाचार प्रकासित गरेपछि नेपाली हेडलाइन्सका सम्पादक र व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको थियो । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिल लगायतले समाचारलाई विद्युतीय कारोवार ऐन अन्र्तगत कारवाही गर्न नहुने लविङ गरेपछि उनीहरु छुटेका थिए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell