PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रसुवामा १० नेपाली सैनिक सहित दुईसय 'सम्पर्कविहीन'



रसुवामा १० नेपाली सैनिक सहित दुईसय 'सम्पर्कविहीन'

पोखरा : रसुवाको घोडातबेलामा  करिब दुई सयजना सम्पर्कविहीन छन्। लाङटाङ हिमालमा हिमपहिरो गएपछि करिब दुई सय देशीविदेशी सम्पर्कविहीन भएको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकरी उद्दव भट्टराईले पहिलोपोस्टलाई बताए।

नुवाकोटका पत्रकार रामहरि न्यौपानेले संख्या यकीन नभए पनि ठूलो संख्यामा मानिसहरु फसिरहेको जानकारी दिए। 'के कति जना भन्ने थाहा भएन तर चिनिया र नेपाली फसेका छन्', न्यौपानेले भने, 'घरहरु खस्दा नेपाली सेनाको १० जनाको टोली पनि पुरिएको भन्ने सूचना आएको छ। डाँडो नै खसेर पुरिएको छ।' 

घोडतबेलाबाट लाङटाङ पुग्न पैदल दुई घण्टा लाग्छ। ‘मौसमका कारण हेलिकप्टर पुग्न सकेन। भोलिमात्रै हेलिकप्टर पुग्नेछ अनि उद्दार गर्छौँ’, प्रजिअ भट्टराईको भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell