PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

भुकम्पमा मृत्यु हुनेको संख्या पाँच हजार नजिक



भुकम्पमा मृत्यु हुनेको संख्या पाँच हजार नजिक

काठमाडौँ : महाभुकम्पमा परी बुधबार बिहानसम्म चार हजार ७८५ जनाको मृत्यु भएको पुष्टि नेपाल प्रहरीले गरेको छ । भुकम्पमा अहिलेसम्म नौ हजार ९६३ जना घाइते भएका छन् ।

उपत्यकाको काठमाडौंमा मात्रै एक हजार ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा २५० जना र ललितपुरमा १५९ जनाको ज्यान गएको छ । काठमाडौंमा २४ सय, भक्तपुरमा एक हजार ८८६ र ललितपुरमा एक हजार ९० जना घाइते छन् ।

यसैगरी पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा दुई हजार ८८५, पश्चिम क्षेत्रमा ३९९ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गएको छ भने पूर्व क्षेत्रमा २१६, मध्यक्षेत्रमा तीन हजार २२१, पश्चिम क्षेत्रमा एक हजार १३० र मध्य पश्चिम क्षेत्रमा २० जना घाइते भएका छन् ।

यसैगरी विभिन्न मुलुकका गरी काठमाडौंमा ९, सोखुम्बुमा ७, मकवानपुरमा १ जना गरी १७ जना पर्यटकले ज्यान गुमाएका छन् । हालसम्म काठमाडौंमा ९४९, भक्तपुरमा २५०, ललितपुरमा १५९, पूर्व क्षेत्रमा २९, मध्यक्षेत्रमा दुई हजार ७६५, पश्चिम क्षेत्रमा २२९ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा चार हजार ३८३ जनाको शब आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ । बाँकी शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको जानकारी प्रहरीले दिएको छ ।

साथै हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन हुनसमेत नेपाल प्रहरीले अनुरोध गरेको छ ।

नेपाल प्रहरी समेत सहभागी विपद व्यवस्थापन संयुक्त टोलीले काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल र पानी वितरण गरिरहेको जानकारी प्रहरीले दिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell