PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यस्तो छ एक लाख पर्ने झ्याल, दुई लाख पर्ने पलङ



यस्तो छ एक लाख पर्ने झ्याल, दुई लाख पर्ने पलङ

काठमाडौँ : एउटा झ्यालको मूल्य तपाईँले बढीमा कति अनुमान गर्नुभएको छ ? २० हजार, ३० हजार, ४० हजार?

माथि तपाईँले देखिरहनुभएको झ्यालको मूल्य एक लाख २० हजार पर्छ। सुनौलो रङ्ग पोतिएको यो झ्याल काठले बनेको हो। 

काठमाडौँको नरदेवीमा रहेको 'देशय् मरु झ्याः' (देशमा कतै नभएको झ्याल) को नक्कल गरी यो झ्याल बनाइएको हो। 


यो पलङको मूल्य कति अनुमान गर्नुभयो ? 

प्रचण्ड प्रधानमन्त्री हुँदा एक लाखको पलङ किनेको भन्दै निकै आलोचना भएको थियो। यो पलङको मूल्य त्योभन्दा महँगो छ। 

काठमाडौँको भृकुटीमन्डपमा आजदेखि सुरु भएको फर्निचर एन्ड फर्निसिङ प्रदर्शनीमा राखिएको यो पलङको मूल्य १ लाख ८१ हजार ७३० रुपैयाँ हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell