PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पेट्रोलियम पदार्थको आपूर्ती सहज - आयल निगम



पेट्रोलियम पदार्थको आपूर्ती सहज - आयल निगम

काठमाडौँ : भूकम्पपछि पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज भइरहेको भन्दै नेपाल आयल निगमले नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ। पेट्रोलियम पदार्थको आयात र वितरण सामान्य हुँदै गएकाले तत्काल नआत्तिन निगमले आग्रह गरेको हो।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले पेट्रोलियम पदार्थको वितरण सामान्य हुँदै गएको भन्दै आत्तिनु पर्ने आवस्था नभएको बताए। काठमाडौं उपत्यकाका केही पम्पमा उपभोक्ताको लाइन भएपनि आजभोलिबाट नै त्यो अवस्था अन्त्य हुने घिमिरेले जानकारी दिए। काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको पनि अभाव नभएकाले संचिती गर्नु नपर्ने उनको भनाई थियो।

'धेरै मानिस काठमाडौं बाहिर गएकाले माग कम हुँदै गएको छ,' उनले भने, 'यस्तो अवस्थामा ग्यास अभाव हुन्छ भनेर हल्लाको पछाडि लाग्नु हुँदैन, सबैकुरा सामान्य छ।'   यस्तै निगमको थानकोट डिपोका प्रमुख रविनकुमार शर्माले पनि काठमाडौं उपत्यकामा रहेका एकसय २५ वटा पम्पमध्ये ८०/८५ वटा पम्पबाट सामान्य रुपमा पेट्रोलियम पदार्थको विक्री भइरहेको बताए। उनले सामान्य रुपमा नै पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको जानकारी दिए।

'मानिसहरुले गाउँ घर जानलाई पनि काठमाडौंमा नै फूल ट्यांकी तेल हाल्ने गरेकाले पनि लाइन देखिएको हो,' उनले भने, 'अब सामान्य हुँदै गएको लाइन बस्नु पर्दैन ।' केही पेट्रोल पम्पको स्टोर र पाइपमा भुईंचालोले क्षति पुर्‍याएको भन्दै उनले बाँकी पम्प सामान्य अवस्थामा रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell