PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हेर्दाहेर्दै ढल्यो त्रिपुरेश्वरको शालिकको छत, हेर्नुस् सिसिटिभीले खिचेको दृश्य



हेर्दाहेर्दै ढल्यो त्रिपुरेश्वरको शालिकको छत, हेर्नुस् सिसिटिभीले खिचेको दृश्य

काठमाडौँ : शनिबार मध्याह्न हुनै लाग्दा त्रिपुरेश्वर चोकको दृश्य अरु बेला जस्तै सामान्य थियो। सवारी साधन सामान्य रुपमा चलिरहेका थिए। नजिकैको दशरथ रंगशालामा एएफसी यु १४ किशोरीहरुको फुटबल सेमिफाइलन दिउँसो १ बजेदेखि सुरु हुन लागेको थियो। 

११ बजेर ५७ मिनेटमा अकस्मात् भूइँचालोको धक्काले जमिन हल्लाउन थाल्यो। नेपाल प्रहरीको सौजन्यमा त्रिपुरेश्वर चोकमा रहेको सिसिटिभीले रेकर्ड गरेको एउटा भिडियोमा त्यतिबेलाको लाइभ दृश्य कैद भएको छ। 

भिडियोमा जमिन हल्लन थालेपछि मानिसहरुबीच भागदौड मच्चिएको देख्न सकिन्छ। हेर्दाहेर्दै त्रिपुरेश्वरको त्रिभुवनको शालिकमाथिको संरचना भूइँमा बजारिन्छ। त्यसको तोडले सडक पनि चर्कन्छ। 

शालिक ठडिए पनि वरपरको संरचना भत्कँदा नजिकै रहेको एउटा ट्याक्सी मुश्किलले जोगिएको छ। 

हेर्नुस् सिसिटिभी फुटेज-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell