PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अर्को चमत्कार : छ दिनपछि यसरी जीवितै उद्दार गरियो तृष्णादेवीको, हेर्नुस् फोटो



अर्को चमत्कार : छ दिनपछि यसरी जीवितै उद्दार गरियो तृष्णादेवीको, हेर्नुस् फोटो

  • अंगद ढकाल -

काठमाडौँ : जनसेवा लज। गोंगबुको आकाशे पुलबाट अलिभित्र जाँदा देखिन्छ ठूल्ठूला घरहरु कसरी एकआपसमा खप्टिएका छन्। बसपार्क नजिकैको सस्ता लजहरु भिडभाड हुने ठाउँमै पर्छ।

यस्तो जोखिमपूर्ण ठाउँमा थियो उद्दार गर्नुपर्ने ठाउँ। 

भूकम्प गइसकेपछिको पाँचौँ दिन बुधबार यहाँ एक जना जीवितै पुरिएको हुनसक्ने अनुमान गरिएको थियो। लज सञ्चालककी छोरी सुमी शर्माले आफ्ना एक सहयोगी तृष्णादेवी खड्का यहाँ जीवितै हुनसक्ने बताएपछि नर्वेको उद्दार टोलीले तालिमप्राप्त कुकुर ल्याएर यहाँ हेरेको थियो।


कुकुरले जीवितै व्यक्ति हुनसक्ने संकेत देखाएपछि बुधबारदेखि उद्दार प्रयास सुरु भएको थियो। बिहीबार नर्वे, इजरायल र फ्रान्सको संयुक्त उद्दार टोलीसँगै नेपाल प्रहरी र सेनाले मिलेर उद्दार थालेको थियो।






















भत्किएको संरचनाभित्र लज सञ्चालककी छोरी सुमी शर्मालाई पठाएर 'यदि हाम्रो आवाज सुन्नुहुन्छ भने बोल्नुस् वा धकधक गर्नुस्' भन्न लगाइयो। भाइब्रोफोन लगाएर हेर्दा स्याँस्याँ गरेको जस्तो आवाज सुनेपछि र थर्मल क्यामेराले जीवित व्यक्तिको संकेत देखाएपछि जीवित व्यक्ति भएको पुष्टि गरिएको थियो।
 
त्यसपछि उद्दारकर्मीहरुले भित्र जानका लागि तीन ठाउँबाट ड्रिल गरी प्वाल बनाई ठाउँ बनाए।  उद्दारकर्मीले सुरुमा सुमीका अंकलको लाश बाहिर निकाले।





















भित्र जाने ठाउँ बनाउन काट्ने काम जारी थियो। यसैबीचमा एक पटक फेरि सुमीलाई मिल्ने ठाउँसम्म भित्र पठाई 'तपाईँ नआत्तिनुस्, केही समयमा नै तपाईँलाई निकाल्ने गरी उद्दार टोली खटिरहेको छ' भन्न लगाइयो।

सुमी (रातो ज्याकेट)लाई भित्र पठाइँदै। 





सुमी जसले त्यहाँ जीवितै तृष्णा रहेको खबर उद्दार टोलीलाई गरेकी थिइन्। 


अन्ततः रात परिसकेपछि बल्ल तृष्णालाई जीवितै त्यहाँबाट निकालियो। कमजोर स्वास्थ्य अवस्थामा रहेकी उनलाई उपचारका लागि आर्मी अस्पताल लगियो।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell