PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​भूकम्पका कारण मृत्यु हुनेको संख्या छ हजार नाघ्यो



​भूकम्पका कारण मृत्यु हुनेको संख्या छ हजार नाघ्यो

काठमाडौँ : यही शनिबार र आइतबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या छ हजार २०४ जना पुगेको छ । 

गृह मन्त्रालयले शुक्रबार बिहान उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १३ हजार ९३२ पुगेको छ । भूकम्पका कारण १० हजार ३९४ सरकारी घर पूर्ण रुपमा क्षति भएका छन् । आंशिक रुपमा १३ हजार ८८० घर क्षति भएका छन् । 

सर्वसाधारणका एक लाख ३८ हजार १८२ पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख २२ हजार ६९४ भर घर क्षति भएका छन् । 

गृह मन्त्रालयका अनुसार पूर्वाञ्चलमा ५२ को मृत्यु र ३०९ घाइते, मध्यमाञ्चलमा सबैभन्दा बढी पाँच हजार ७३५ मृत्यु र १२ हजार ४०३ घाइते, पश्चिमाञ्चलमा ४१५ मृत्यु र एक हजार १९६ घाइते र मध्यपञ्मिाञ्चलमा दुईको मृत्यु र २४ घाइते र सूदूर पश्चिमाञ्चलमा भूकम्पबाट कुनै पनि मानवीय क्षति भएको छैन । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell