PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौँ र दोलखा केन्द्र बनाएर भूकम्पका दुई धक्का, विज्ञ भन्छन्- आत्तिनुपर्ने अवस्था छैन



काठमाडौँ र दोलखा केन्द्र बनाएर भूकम्पका दुई धक्का, विज्ञ भन्छन्- आत्तिनुपर्ने अवस्था छैन

काठमाडौँ :  गएराति २ बजेर ५८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केल र बिहान २ बजेर ५६ मिनेट जाँदा काठमाडौँ केन्द्र भएर गरी दुईवटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको ११४ वटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि बिहीबार चार रेक्टर स्केलभन्दा माथिका चारवटा भूकम्प गएको थियो। 

अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ । चार दिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गए पनि बुधबार छवटा मात्र गएको थियो। गत मङ्गलबार १३ वटा भूकम्प गएको थियो । 

ठूलो भूकम्प आएको हुनाले सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविद्हरूले बताएका छन् । “चार रेक्टर स्केलको भूकम्पले आउँदा आत्तिनुपर्ने अवस्था छैन, ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया हो”–भूकम्पविद् डिल्लीराम तिवारीले भने। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पको कम्पन क्रमशः कम हुँदै गएको र चार रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले डराउनुपर्ने अवस्था नरहेको बताए। 

उनका अनुसार भूकम्पको दूरी तुलनात्मकरुपमा कम हुँदै गएको छ। एक हप्तासम्म दिनमा दुई/चारवटा जान सक्छ । बुधबार छवटाबाट बिहीबार चारमा झरेको छ। छ रेक्टरमुनिका भूकम्पले खासै असर पनि गर्दैन। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell