PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​पहिलोपोस्ट र इसेवाको भूकम्प प्रभावितको उद्दार र पुर्ननिर्माणका लागि राहत संकलन अभियान



​पहिलोपोस्ट र इसेवाको भूकम्प प्रभावितको उद्दार र पुर्ननिर्माणका लागि राहत संकलन अभियान
फोटो : सशस्त्र प्रहरी बल

काठमाडौँ: एफ वान सफ्टको अनलाइन पेमेन्ट सेवा प्रदायक इसेवा सँगको सहकार्यमा बिजमाण्डु र पहिलोपोस्टले भूकम्प प्रभावितहरुको उद्दार र राहतका लागि सहयोग संकलन सुरु गरेको छ।

देशभर गएको महाभूकम्पमा परि हजारौँले ज्यान गुमाएको तथा परिवार घरबार विहिन भएको अवस्थामा राहत र पुर्नस्थापनाका लागि सहयोग संकलन सुरु गरिएको हो।

सहयोगका लागि www.donation.esewa.com.np मा जानुपर्ने हुन्छ। इसेवामा खाता भएकाहरुले रकम डोनेसन गर्न सक्नेछन्। सहयोग गर्नेहरुको नामावली सोही वेवसाइटमा प्रकाशित हुनेछ।

प्राप्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप राहत उद्दार कोषमा जम्मा गरिने छ। इसेवाका सिइओ अस्गर अलीले दुखमा परेका नेपालीको सहयोगका लागि आफ्नो तर्फबाट कर्तव्य निभाएको बताए। ‘हामीले सक्ने गरेका छौँ, हामी सबैलाई सक्दो सहयोगका लागि आग्रह गर्दछौँ,’ अलीले भने।

यो अभियानलाई धर्म टेक, एफवान सफ्ट, मेरो संसार र पहिलोपोस्टले साथ दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell