PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

एनआरएन अमेरिकाको मतदान सम्पन्न  ६४ प्रतिशत भोट खस्यो



  • विष्णुहरि घिमिरे -
पेन्सलभेनिया : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) अमेरिकाको निर्वाचन न्युयोर्कको समयअनुसार बुधवार मध्य रातमा सम्पन्न भएको छ। निर्वाचन समितिकाअनुसार मतदानमा ६४ प्रतिशत मत खसेको छ। 

समितिले मंगलवार बिहान आठ बजेदेखि बुधबार मध्यरातसम्म मतदानको समय निर्धारण गरेको थियो। निर्वाचन समितिका सदस्य विश्व बरालका अनुसार नौ हजार दुई सय ८२ मत खसेको छ। एनआरएन अमेरिकामा १४ हजार पाँच सय बीस मतदाता छन्। यो एनआरएन र एनसीसीमध्ये सबैभन्दा धेरै हो। 

अध्यक्ष पदमा वर्तमान समितिका चार जना प्रतिस्पर्धी छन्। वर्तमान अध्यक्ष केशव पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्ष रविना थापा र उपाध्यक्ष राम सी पोखरेल भावी अध्यक्षको होडमा छन्। 

अमेरिकी नेपाली समाजमा नेपाली कांग्रेसको प्रवासी संगठन जनसम्पर्क समिति अमेरिकाको बाहुल्यता छ तर, जनसम्पर्क समिति तीन खेमामा विभाजित भएको छ। अध्यक्षमा केशव पौडेललाई बलियो उमेदवार मानिए पनि रविना थापा र कृष्ण पौडेलले चुनौति दिने छन्।
 

जवरजस्ती गरिएको गुनासो 

एनआरएन सदस्यता आवेदन दिँदा उपलब्ध गराइएको इमेलमा मतपत्र पठाइएको थियो। मतपत्रमा गरिएको व्यवस्थाप्रति सामाजिक सञ्जालमार्फत् असन्तुष्टि र निर्वाचन समितिको आलोचना गरेका छन्। 

विशेष गरी बोर्ड अफ डाइरेक्टर र आइसीसी मेम्बरका लागि जवर्रजस्ती गरिएको आरोप मतदाताले लगाएका छन्। बोर्ड अफ डाइरेक्टरको ११ पदका लागि ३४ जना प्रतिस्पर्धामा थिए। यस्तै आइसीसी मेम्बरका आठ पदका लागि १२ जनाले उमेदवारी दिएका थिए। ती पदमा आफुले चिनेका र राम्रो लागेका ब्यक्तिलाई मात्र भोट दिने सोच बनाएकाहरुले चिन्दै नचिनेका लागि पनि भोट दिनै पर्ने व्यवस्था गरिएकोमा निन्दा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell