PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एनआरएनए जापानले अन्तर्राष्ट्रिय विमानास्थलमा शौचालय बनाइदिने 



पहिलोपोस्ट

एनआरएनए जापानले अन्तर्राष्ट्रिय विमानास्थलमा शौचालय बनाइदिने 

जापान :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको भौतिक पूर्वाधार विकासमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले सघाउने भएको छ। 

नयाँ कार्यसमिति बनेसँगैं बसेको सङ्घको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकासअन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो। 

सन् २०१७÷१९ का लागि निर्वाचित र सर्वसम्मत भएका पदाधिकारीको बैठकले विमानस्थलका जीर्ण र अपुग भएका स्थानमा शौचालय बनाउन सघाउने निर्णय गरेको सङ्घका अध्यक्ष टाँसीवादी लामाले जानकारी दिए। 

अध्यक्ष लामाअनुसार सङ्घले विमानास्थलको भौतिक पूर्वाधार विकासका लागि २५ थान शौचालय सहयोग गर्ने निर्णय गरेको हो। 

ती शौचालय सङ्घको कार्यालयमा राखिएको र एक महिनाको अवधिमा काठमाडौँस्थित विमानस्थल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने सङ्घले जनाएको छ। 

बैंठकले लेनिन भट्टचन र सविता श्रेष्ठलाई क्रमशः युवा तथा महिला संयोजकको जिम्मेवारी दिएको छ। 

कार्यक्षेत्र चुस्तदुस्त राख्न २१ बुँदे आचारसंहिताअनुसार प्रत्येक दुई महिनामा बस्ने बैंठकमा अनुपस्थित हुनेलाई कारबाही र जापानवासी नेपालीको चाहना विपरीत काम गर्नेलाई कारबाहीमा सघाउनेलगायतका निर्णय पनि गरेको सङ्घका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell