PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​अश्लील तीज गीत सुपरहिट



​अश्लील तीज गीत सुपरहिट

पहिलोपोस्ट-
हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ब्रतका लागि मात्र हैन गीत संगीतका लागि पनि प्रख्यात छ। तीजकै लागि भनेर नेपाली लोक गायक गायिकाले वर्षै पिच्छे नयाँ-नयाँ तीज गीत गाउने गरेका छन्। ती मध्ये केहीले राम्रै बजार पाउँछन् भने केही चाहिँ बजारमा निस्किन नपाउँदै मर्छन्।

युट्युबमा सबैभन्दा बढी हेरिएका नेपाली तीज गीत हेर्दा कस्ता गीत ‘पपुलर’ हुन्छन् भन्ने अनुमान गर्न सकिन्छ। २०७१ सालको तीजको लागि भनेर देवी देवकोटा र प्रकाश कटवालले गाएको ‘पिठ्युँमा कन्याइदेऊ न बाइ’ बोलको गीत युट्युबमा यो समाचार तयार पार्दासम्म  ५ लाख ९७ हजार पटक हेरिएको छ। विनोद ढकालको शब्द रहेको यो गीतले भन्छ,

लाली बैंश छोपेन जामाले, नक्कली भई नभन आमाले
यो तीजमा रातो सारीलाई
मेरो त पिठ्युँमा बेस्सरी चिलायो, बैंश पो चढ्यो कि जुम्रा पो पर्‍यो कि
ए होइ कन्याइदेऊ न बाइ


​त्यस्तै पशुपति शर्माको तीजको गीत 'हामी नेपाली' बोलको गीत पनि युट्युबमा २ लाख ६३ हजारले हेरेका छन्। कमिनी, दमिनी जस्ता दलितलाई हेप्ने खालको शब्द प्रयोग भएको भन्दै विरोध भएपछि शर्मा आफैले यो गीत नबजाउन मिडियालाई अनुरोध गरेका थिए।  यद्यपि युट्युबमा भने गीत लोकप्रिय भइसकेको छ। गीतले भन्छ,

केको बाहुन केको कामी के को जनजाति, जातका कुरा गर्नेहरु देशका लागि घाती
ए जातका कुरा गर्नेको दिमाग कहाँ छ?
मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नि दमैसित गई, मैले गुरुङ्सेनी ल्याकै हो।
हामी नेपाली हौँ, मलाई त्यति थाहा छ।





त्यस्तै रीता थापा मगर र पशुपति शर्माको गत साल बजारमा आएको 'जवानीको रस' गीत पनि युट्युबमा चर्चित भइसकेको छ। गीत ३ लाख ८५ हजार पटक हेरिसकेको छ। गीतमा भनिएको छ,

तिम्रो बैँस गइसक्यो सेलाई, यसपालीको तीजमा ब्रत बस्छौ केलाई?
तिम्रो त गइसक्यो जवानीको रस, बुढीकन्या लैजाने कोही भए फोन गर



​गत सालकै अर्को तीज गीत 'भिनाजु पल्केर पनि युट्युबमा खुबै हेरिएको छ। गीत ८ लाख १६ हजार पटक हेरिसकिएको छ। गीतमा बिष्णु माझीको स्वर रहेको छ।

खै किन भुक्यो गावैँको त्यो कुकुर
बरी लै भिनाजु पल्के
छ न त त्यति मै राम्री छैन?
ए बरी लै जवानी झल्के


 


कस्ता थिए पुराना तीज गीत?
नयाँ नयाँ पुस्ताका गीतहरु युट्युब र बढ्दो मिडिया प्रभावले बजारमा स्थापित र विस्थापित हुँदै गए पनि तीजका पुराना गीतहरु निकै लोकप्रिय रहँदै आएका छन्। सदाबहादर गीत, 'तीजको रहर आयो बरीलै' अहिलेसम्म तीजका बेला अधिक गाइने गीत हो। चलचित्र २०५५ सालमा आएको कन्यादान चलचित्रको सो गीतमा मनोहर सिंहले सङ्गीत दिएका छन् भने सुषमा श्रेष्ठको स्वर छ।
 

तीजका गीतका सन्दर्भमा गायीका हरिदेवी कोइराला र बिमाकुमारी दुरा पनि केही साल अघिसम्म चर्चित थिए। कोइरालाका गीतहरुमा राजनीतिक ब्यङ्ग्यसमेत पाइन्छ। उनको २०६८ सालमा आएको गीतका शब्दहरुमा समेत ब्यङ्ग्य भेट्न सकिन्छ। गीतले भन्छ,

कति खाइयो कति लाइयो श्रीमान् मन्त्री हुँदा त,
कठै भन्ने कोही छैन अहिले रुदाँ त।



​बिमाकुमारी दुराका गीतहरुमा भने सामाजिक परिवेश र गाउँ घरका दुःखका वर्णन भेटिन्छन्। केही वर्षअघिको दुराको एल्बम 'तीज आयो भनेर' मा समेत दुराले उस्तै गीत गाएकी छिन्। गीत भन्छ,

हे तीज आयो भनेर दिदी बहिनी हाँस्दै छन्
आफ्नो भने आँखाबाट आँसु खस्दै छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell