PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

कांग्रेस सांसद रामहरि खतिवडाले मागे गृहमन्त्रीको राजिनामा



पहिलोपोस्ट

कांग्रेस सांसद रामहरि खतिवडाले मागे गृहमन्त्रीको राजिनामा
फाइल फोटो

काठमाडौं : कांग्रेस सांसद रामहरि खतिवडाले संसदमा गृहमन्त्रीको राजिनामा मागेका छन्। आजको संसद बैठकको विषेश समयमा बोल्दै सांसद खतिवडाले दिनदहाडै निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्या घटना संसदमा जानकारी दिनुपर्नेमा गृहमन्त्री उपस्थित नै नभएको भन्दै राजिनामा माग गरेका हुन्।

'दिनदहाडै निर्माण व्यवसायी महासंघका अध्यक्षको गोली ठोकेर हत्या भएको छ, अहिलेसम्म हत्याराबारे कुनै जानकारी आएको छैन' खतिवडाले भने, 'घट्नाबारे गृहमन्त्रीले आज संसदमा वक्तव्य दिनुपर्ने हो तर उहाँ संसदमा उपस्थित समेत हुनुहुन्न।' उनले गृहमन्त्री जिम्मेवार नदेखिएको भन्दै उनको जिम्मेवारी बहनमा प्रश्न उठाए।

'शान्ति सुरक्षाको नेतृत्व गरेका गृहमन्त्री जिम्मेवार नहुनु दुर्भाग्य हो,' खतिवडाले भने, 'यस्ता गृहमन्त्रीले निर्वाचन गराउन सक्नुहुन्न। म उहाँलाई राजिनामा दिन अनुरोध गर्छु।' उनले 'राजिनामा दिन अनुरोध गर्छु' भन्दै दोहोर्याएर आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell