PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुर्घटनामा परी कतारमा एक नेपालीको मृत्यु



पहिलोपोस्ट

राजविराज :  वैदेशिक रोजगारीका लागि सप्तरीबाट कतार गएका एक नेपालीको दुर्घटनामा मृत्यु भएको छ। 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डलको दुर्घटनामा मृत्यु भएको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए। मण्डल ६ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए। 

उनको मंगलबार राति सवारी साधनको ठक्करबाट मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ। 

उनको शव नेपाल ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell