PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

तपाइँका ट्विट कतिले हेरे?



तपाइँका ट्विट कतिले हेरे?

माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना सबै प्रयोगकर्ताका लागि ट्विटर एनालिटिक्स् उपलब्ध गराएको छ। गत जुनमा ट्विटरले परीक्षणका रुपमा एनालिटिक्स् ड्यासबोर्ड सुरु गरेको थियो। गत महिना मात्र ट्विटरले एनालिटिक्स् ड्यासबोर्ड अपडेट गरेर मार्केटर, भेरिफाइड् अकाउन्ट हुनेहरुका लागि उपलब्ध गराएको थियो।


उक्त ड्यासबोर्डमा ट्विटर प्रयोगकर्ताले आफ्नो ट्विटले कति 'इम्प्रेसन' (ट्विटरमा प्रयोगकर्ताले कतिपटक ट्विट हेरे) पायो, आफ्नो ट्विटले कति फेव पायो, आफ्नो प्रोफाइल अरुले कतिपटक क्लिक गरे र कुन ट्विटले कति रिट्विट र जवाफ पायो भन्ने तथ्यांक उपलब्ध गराउने छ। यसले आफ्नो कुन ट्विट कतिले हेरे वा थाहा पाए भन्ने पनि देखाउँछ। 

यो सेवा ट्विटरले आफ्ना सबै प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ। प्रयोगकर्ताले यो https://analytics.twitter.com/ लिंकबाट तथ्यांक प्राप्त गर्न सक्नेछन्। उक्त तथ्याङकलाई प्रयोगकर्ताले एक्सेलमा एक्स्पोर्ट समेत गर्न सक्नेछन्।

ट्विटर एनालिटिक्स् प्राप्त गर्नको लागि ट्विटर अकाउन्ट कम्तिमा १४ दिन पुरानो हुनुपर्नेछ, त्यो पनि डिलिट नभएको, प्रतिबन्धित नभएको र ताला नलगाएको अकाउन्ट हुनुपर्ने म्यासेबलले लेखेको छ। म्यासेबलका अनुसार यसको लागि प्राथमिक भाषा अंग्रेजी, फ्रेन्च, स्पेनिस् अथवा जापानिज हुनेपर्ने छ। तर यसले नेपाली भाषाका ट्विटर अकाउन्टको पनि तथ्यांक देखाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell