PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दसैं आउनै लाग्दा निजी हवाई कम्पनीको हवाई भाडा वृद्धि



दसैं आउनै लाग्दा निजी हवाई कम्पनीको हवाई भाडा वृद्धि

काठमाडौं : निजी क्षेत्रका तीन वायु सेवा कम्पनीले आन्तरिक हवाई भाडामा वृद्धि गरेका छन्। दसैंको मुखमा आएर नियमित आन्तरिक उडान गरिरहेका बुद्ध एअर, यती एयरलाइन्स र सिम्रिक एयरलाइन्सले भदौ १६ गतेदेखि लागू हुनेगरि हवाई भाडा बढाएका हुन्। 

नियमित उडान गर्ने यी तीनवटा वायुसेवाले सुगम क्षेत्रमा लिइने दुई भन्दा बढी प्रकारका भाडादरमा न्युतममा एक सय रुपैयाँ वृद्धि गरेको बुद्ध एअरका वरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए। न्युनतम भाडा अर्थात सस्तो भाडादरमा एक सय रुपैयाँले वृद्धि गरेको जोशीले जानकारी दिए।

निजी हवाई कम्पनीमा एउटा सामान्य भाडादर र अर्को सस्तो भाडादर रहेको छ। जोशीका अनुसार सरकारले निर्धारण गरेको न्युनतमदेखि उच्चतमसम्म हवाई भाडा दरका आधारमा नयाँ शुल्क तोकिएको हो। यो हवाई भाडादर पोखरा, विराटनगर, नेपालगञ्ज भद्रपुर, तुम्लिङटार, जनकपुर, भरतपुरसहितका गन्तव्यमा लागू हुने बिजमाण्डूमा खबर छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell