PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


यो महिनाभरी डिजिटलमा नगएका केबलबाट पनि टिभी हेर्न सकिने, च्यानल ३५ वटा मात्रै


यो महिनाभरी डिजिटलमा नगएका केबलबाट पनि टिभी हेर्न सकिने, च्यानल ३५ वटा मात्रै

काठमाडौँ : बुधबारदेखि डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुको स्विच अफ गर्न थाले पनि सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय आज गरेको छ। 

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समेतलाई ध्यानमा राखी बढीमा मंसिर मसान्तसम्मलाई नेपाली च्यानल अनिवार्य प्रसारण गर्ने गरी बढीमा ३५ वटा च्यानलमात्रै प्रसारण गर्न दिने निर्णय मन्त्रालयले गरेको छ। 



यसअघि गत बैशाख १५ भित्र नै सबै महानगरपालिका अन्तर्गतका एनालग केवल टिभी प्रदायकलाई डिजिटल प्रणालीमा जान मन्त्रालयले ‘अल्टिमेटम’ दिएको थियो। तर, अटेर गर्ने केवल टिभी प्रदायकलाई मन्त्रालयले कुनै कारबाही गरेन।
 
महानगर बाहेक उपमहानगर र नगरपालिकाका केवल टिभी प्रदायकलाई डिजिटल प्रणालीमा जान मन्त्रालयले गत बुधबारसम्मको म्याद दिएको थियो। 



यो महिनाभरी डिजिटलमा नगएका केबलबाट पनि टिभी हेर्न सकिने, च्यानल ३५ वटा मात्रै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट