PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​अवहेलना मुद्दामा अदालतले गणेश थापालाई बोलायो



​अवहेलना मुद्दामा अदालतले गणेश थापालाई बोलायो

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापा र महासचिव धिरेन्द्र प्रधानलाई अवहेलना मुद्दामा पुनरावेदन अदालतले एक साताभित्र आफै उपस्थित भएर वा प्रतिनिधिमार्फत् जबाफ पठाउन आदेश दिएको छ।  

'निवेदकको मागबमोजिम अदालतको अवहेलनामा  किन सजाय हुनु नपर्ने हो? माग बमोजिम सजाय हुनु नपर्ने कुनै आधार, कारण एवं प्रमाण भए सो समेत खुलाइ ७ दिनभित्र आफै वा कानुन बमोजिम प्रतिनिधि मार्फत लिखित जबाफ सहित उपस्थित हुन आउनू', आदेशमा भनिएको छ।

काठमाडौंको फ्रेन्ड्स क्लबले एन्फा अध्यक्ष गणेश थापा र महासचिव धिरेन्द्र प्रधानविरुद्ध शुक्रवार पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

आइतबार पुनरावेदन अदालत पाटनका न्यायधीशद्वय विष्णुदेव पौडेल र द्वारिकामान जोशीको इजलासले विपक्षीका नाममा आदेश दिएको हो।

थापालाई मन्त्रिपरिषदले संविधानसभामा सभासद मनोनीत गरेको छ। 

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रेफ्रीले धाँधली गरेकोबारे उजुरी गर्दा एन्फाले उल्टै आफ्नो क्लबलाई कारबाही गरेर अन्याय गरेको दाबीसहित फ्रेन्ड्स क्लबले गत वर्ष माघ २० गते पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell