PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हाम्रो पात्रोमा दुई अपडेट : इन्स्ट्यान्ट न्युज र निर्वाचन अपडेट



हाम्रो पात्रोमा दुई अपडेट : इन्स्ट्यान्ट न्युज र निर्वाचन अपडेट

काठमाडौँ : १० लाखभन्दा बढी पटक डाउनलोड भएको हाम्रो पात्रो एपले दुई वटा महत्त्वपूर्ण अपडेट गरेको जनाएको छ। 

देशका विश्वसनीय र महत्वपूर्ण पत्रपत्रिका तथा लोकप्रिय अनलाइन समाचार पोर्टलका समाचारहरुलाई देखाउने तरिकामा प्रभावकारी सुधार गर्न  
ताजा समाचारमा फ्ल्यास चिन्ह लागेका छन् भने ती समाचारहरू इन्स्ट्यान्ट न्युजका रुपमा खुल्ने बनाइएको छ। 

फेसबुकको इन्स्ट्यान्ट आर्टिकलमा जस्तै हाम्रो पात्रोमा पनि इन्स्ट्यान्ट न्युजले न्यूनतम डेटा  खर्चेर तत्काल पूरा समाचारको पाना खोलिदिनेछ। फ्ल्यास चिन्ह बाहेकका समाचारहरू पढनकालागि 'पूरा समाचार पढ्नुहोस्'मा थिच्नुपर्नेछ।

बीबीसी नेपाली सेवा पूर्णतः फ्ल्यास चिन्ह सहितका हुने तथा अन्य थुप्रै समाचार स्रोतका समाचारलार्इ आंशिक रूपमा 'शिघ्र समाचार' को रूपमा राखिएको हाम्रो पात्रोले जनाएको छ। 

त्यसैगरी 'हाम्रो निर्वाचन २०७४' मार्फत्  'प्रतिनिधिसभा सदस्य तथा प्रेदेशसभा सदस्य चुनाव २०७४' को पलपलको ताजा जानकारी दिने हाम्रो पात्रोले जनाएको छ। यसमा आसन्न निर्वाचनको चुनावी गतिविधि, समाचार, मतगणनाका जानकारी दिइनेछ। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell