PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

२० लाख बराबरका कपडा बरामद



२० लाख बराबरका कपडा बरामद
बरामद गरिएका कपडा

वीरगन्ज : अञ्चल प्रहरी कार्यालय नारायणीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको २० लाख बराबरको कपडा बरामद गरेको छ। प्रहरीले सोमबार बिहान भारतबाट भन्सार छलेर चोरी पैठारी गर्दैगर्दा सो कपडा बरामद गरेको हो। 

भारतबाट भन्सार छलेर कपडा नेपाल भित्र्याइँदै छ भन्ने गोप्य सूचनाको आधारमा वीरगन्ज उपमहानगरपालिका इनर्वा १९ मा बिहानको ४ बजे बेबारिसे अवस्थाका कपडा बरामद गरिएको थियो। प्रहरी आएको सूचना पाएपछि तस्करहरु कपडा त्यही छाडेर भागेको अञ्चल प्रहरी कार्यालय नारायणीले जनाएको छ।  राजश्व चुहावट तथा तस्करी नियन्त्रण गर्न प्रहरीले अभियान नै चलाएको छ।
 
प्रहरीले बरामद गरेको कपडाको अनुमानित मूल्य करिब २० लाख रुपैयाँ रहेको जनाइएको छ। बरामद कपडाहरु प्रहरी कार्यालयमा ल्याइएको र उक्त समानहरु आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा पठाइएको प्रहरीले बताएको छ।
 
बरामद गरिएका कपडा:
१. कुर्ता सुरुवाल एकसय ३५ पिस 
२. सियाराम कम्पनीको सुटपाइन्ट कपडा एकसय १३ रोल, 
३. लोमवार्ड कम्पनीको सुटपाइन्ट कपडा एकसय ६ रोल, 
४. मिस्टर कम्पनीको सुटपाइन्ट कपडा ७१ रोल, 
५. चिनार कम्पनीको सुटपाइन्ट कपडा ३५रोल, 
६. रेटन कम्पनीको सर्ट कपडा ५० रोल, 
७. सियाराम कम्पनीको सर्ट कपडा १९ रोल
८. साइकल ११ थान 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell