PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोबाइलमा भएका हेल्थ एप्सः के साँच्चिकै उपयोगी छ त ?



पहिलोपोस्ट

मोबाइलमा भएका हेल्थ एप्सः के साँच्चिकै उपयोगी छ त ?
फोटो श्रोतः geekextreme.com

मोबाइलमा देखिएका हेल्थ एप्सहरुले डिप्रेसन, पिम्पललगायत धेरै समस्याहरुबाट मुक्ति दिलाउने दाबी गरिरहेका हुन्छन्। तर, ति एप्स कत्तिको विश्वसनीय हुन्छन् र त्यसको प्रमाण के ?

साउथ अष्ट्रेलिया युनिभर्सिटीका मोबाइल एप अनुसन्धानकर्ता कारोल मेहर भन्छन्, ‘मानिसहरुले मोबाइल हेल्थ एप प्रयोग गर्नु सामान्य केही सिद्धान्त हुन्छ।’

‘मोबाइलमा हेल्थ एप राख्दा मानिसहरुलाई रोगको बारेमा स्मरण गराउँछ र कम चिन्तित बनाउँछ।’ उनले भने ।

चिकित्सकहरुसँग भेटेर आफ्नो समस्या सुनाएर छलफल गर्न यस्ता एप उपयोगी हुन्छन्। एपको माध्यमबाट तत्कालै मानिसहरुले धेरै जानकारी लिन सक्छन्। 

‘तर तपार्इँहरुले एप प्रयोग गर्नुभएको छ भने सावधान रहनुपर्छ।’ मेहरले भने, ‘हेल्थ एपहरुमा ग्लुकोज मनिटर अनुमोदित हुन्छ। त्यो कतिको विश्वसनीय हो थाहा पाउनुपर्छ।’

हृदयघात हुन लागेको थाहा पाउने एप पनि छ, जसले हृदयको गतिलाई तत्कालै मापन गर्न सक्छ र हुनसक्ने सम्भावित क्षति रोक्न सक्छ।

तर, मोबाइलमा आएका यस्ता एपहरु कम प्रभावकारी र काम गर्ने प्रमाण कम भएको कारण विस्वसनीय हुन भने सकेका छैनन्। 
मेहर भन्छन्,  ‘ हेल्थ एप्सहरु धेरै आएपनि एप्सहरुले वास्तविक काम गर्ने कुनै प्रमाण छैन।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell