PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​मलाई क्यान्सरले केही गर्दैन : प्रधानमन्त्री



​मलाई क्यान्सरले केही गर्दैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई क्यान्सरले पनि केही गर्न नसक्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्राकृतिक प्रकोप पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा हुने राहत रकम ग्रहण गर्दै कोइरालाले भने, 'मलाई क्यान्सरले पनि केही गर्न सक्दैन। मैले नै क्यान्सरलाई खाइसकेँ।' 

प्रधानमन्त्रीले अहिले देश विकासको लागि काम गर्ने समय आएको पनि बताए। ६० वर्षदेखि मुलुक अध्याँरोमा रहेको बताउँदै विकासका प्रयासमा साथ दिन कोइरालाले सबैलाई आग्रह गरे। हालै मात्र नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको सद्भावलाई सदुपयोग गर्न पनि कोइरालाले आग्रह गरे। 'भारतले जुन सौहार्दता देखाएको छ, त्यसको सम्मान गर्नुपर्दछ,' प्रधानमन्त्रीले भने, 'समानताको आधारमा सम्बन्ध विकसित गर्नुपर्छ। नेपाललाई तल पारेर गर्नु हुँदैन।'

प्रधानमन्त्री कोइरालाले नेपालमा जनताले चाहेजस्तो राजनीतिक प्रणाली प्राप्त भैसकेको अबको समय विकास निर्माणमा लगाउनु पर्ने धारणा राखे। 'अब देशमा शान्ति, स्थायित्व, लोकतन्त्र र लोकतान्त्रिक संविधान आउँछ,' कोइरालाले भने, 'नेपालले उज्यालो पाउँछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell