PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फेसबुक च्याटमा समस्या आएको छ? तपाईँको मात्र हैन, धेरैको यही हालत



फेसबुक च्याटमा समस्या आएको छ? तपाईँको मात्र हैन, धेरैको यही हालत

मंगलबार साँझतिर फेसबुकबाट अरु प्रयोगकर्तासँग च्याट गर्न प्रयोग हुने मेसेन्जरमा समस्या तपाईँले भोग्नुभयो? तपाईँले मात्र हैन विश्वका धेरैले यस्तै अनुभव गरे। 

मेसन्जरबाट मेसेज पठाउन नसकिने, पाउन नसकिने, फेसबुक खोल्दा च्याट विन्डोहरु आफै खुल्ने जस्ता समस्या प्रयोगकर्ताले भोगे। 

फेसबुक मेसेन्जर डाउन भएको एक सातामा यो दोस्रो घटना हो।  

सोसल मेन्सनहरु ट्रयाक गर्ने साइट डाउन डिटेक्टरका अनुसार बेलायत र युरोपमा बिहान सवा ११ बजेदेखि समस्या देखिएको हो। 

के भएर समस्या भएको हो भन्ने बारे यो समाचार तयार पार्दासम्म फेसबुकले केही बताइसकेको छैन। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell