PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राज्य पुनर्संरचनामा दलहरु आआफ्नै अडानमा टसमस



राज्य पुनर्संरचनामा दलहरु आआफ्नै अडानमा टसमस
बैठकमा सहभागी तीन दलका शीर्ष नेता। तस्बिरः डा. बाबुराम भट्टराईको फेसबुक।

काठमाडौं : राज्य पुनर्संरचनाको विषयमा मुख्य राजनीतिक दलहरु आआफ्नो अडानमा टसमस देखिएका छन्।

मंगलवार बिहान संवैधानिक राजनीतिक संवाद् तथा सहमति समिति बैठकमा मुख्य तीन दलका नेताले राज्यपुनर्संचनाका विषयमा आआफ्नो अडान दोहोर्‍याएका हुन्।

बैठकमा दलहरुले पुरानै अडान दोहोर्‍याएपछि सहमति जुट्न सकेन। संविधान निर्माणको कार्यतालिका अनुसार आउँदो आइतवारसम्म सहमति जुटाइसक्नुपर्ने छ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संघीयता लगायत विषयमा छलफल भएपनि सहमतिको आकार नआएको प्रतिकृया दिए। 'राज्य पुनर्संरचनामा संघीयता लगायत विषयमा छलफल भयो। तोकिएको समयभित्र मिलाउने कोसिस छ', पौडेलले भने।

एमाले उपाध्यक्ष भीम रावलले संघीयता, प्रदेशको संख्या, नाम तथा सिमाकंन लगायतका विषयमा छलफल भएको जानकारी दिए।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठले दलहरुले पहिलेकै अडान राखेपनि सहमतिका लागि कोसिस भैरहेको बताए।

दलहरुबीच संविधानका सबैभन्दा विवादित विषय राज्यको पुर्नसंरचना र शासकीय स्वरुपमा सहमति जुटेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell