PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एक ड्राइभर जसले १८ वर्षयता हर्न बजाएका छैनन्



पहिलोपोस्ट

एक ड्राइभर  जसले १८ वर्षयता हर्न बजाएका छैनन्

काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा ‘नो हर्न’ सिटी बनाउन ट्राफिक प्रहरीले वैसाखदेखि अभियान चलाएका छन्। यो अभियानलाई कतिले साथ दिएका छन् भने कतिले अनावश्यक हर्न बजाएर हैरान पनि बनाउने गरेका छन्।

भारत कोलकताका एक ड्राइभरले भने कुनै नीति नियम लागु नहुँदा पनि विगत १८ वर्षदेखि नै हर्न नबजाइकन सवारी चलाउँदै आएका छन्। कोलकताको भिडभाडयुक्त शहरमा यसरी सवारी हाँक्ने व्यक्ति दीपक दास हुन्। दीपकको उक्त कार्य एक कान दुई कान मैदान भएपछि उनलाई हालै एक मेलामा सम्मानसमेत गरिएको छ।

भिडभाडयुक्त सडकमा हर्न नबजाइ कसरी सवारी चलाउन सकिन्छ त? यस्तो प्रश्नको जवाफ दीपकले यसरी दिएका छन्- ‘यहाँ समय, गति र रफ्तारको मिश्रण छ। हामीले यी तीन चीजको सही तरिकाले उपयोग गर्न सके हर्न बजाउन आवश्यक नै छैन। हर्न नबजाइकनै सुरक्षित तरिकाले सवारी चलाउन सकिन्छ। शहरमा गाडी चलायो भन्दैमा हर्न बजाउनैपर्छ भन्ने छैन।’

५१ वर्षे चालक दासलाई किन हर्न बजाउन किन छाडे त? उनी भन्छन्, ‘एकपटक शान्त ठाउँमा बंगालका कवि जीवनानन्द दासले रचना गरेको प्रकृतिमा शान्ति कविता पढ्दै थिएँ त्यहीबेला हर्न कानमा पर्यो। यसले मेरो दिवास्वाप्न भंग भयो। यही बेलादेखि हर्न बजाउनु राम्रो होइनजस्तो लाग्यो।’

उनले आफ्नो सवारीमा पनि लेखेका छन्, ‘हर्न एक अवधारणा है। मै आपके दिलका ध्यान रखता हुँ।’ यसरी हर्न नबजाउने ड्राइभरले आशा गरेका छन्-कोलकता हर्नमुक्त सहर होस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell